+
+
Shares

सुदूरपश्चिममा थप ५ संक्रमितको मृत्यु, ३३७ जनामा संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १२ गते १९:५३

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । कैलालीका २, डडेल्धुराका २ र कञ्चनपुरका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ३३७ जना संक्रमित थपिएका छन् । प्रदेशमा एन्टिजेन र पीसीआर विधीबाट ३ हजार ८२२ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

बुधबार थपिएकासहित सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ३७ हजार १६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?