Comments Add Comment

कोरोना भाइरस पत्ता लगाउन कुकुर परिचालन !

विस्फोटक पदार्थ, चोर, अपराधी आदि पत्ता लगाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने गरिएको छ सामान्य नै हो । तर थाइल्याण्डमा चाहिँ कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि कुकुर परिचालन गरिएको छ ।

थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर कुकुर परिचालन सुरु गरेको छ ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको दर उच्च रुपमा बढेको र निर्माणस्थल, भिडभाडयुक्त वस्ती तथा ठूला बजार क्षेत्रमा संक्रमितको संख्या उच्च रहेको देखिएपछि सरकारले संक्रमित मानिसहरु छिटो भन्दा छिटो पत्ता लगाउन सकिने आशामा तालिमप्राप्त कुकुर परिचालन गरेको हो ।

कोरोना भाइरस संक्रमितको शरीरबाट आउने पसिमा हुने विशेष खालको गन्ध पहिचान गर्न सकिने घ्राण क्षमता भएका ती कुकुरहरुलाई बैंकक चुलालोंकोर्न विश्वविद्यालयको पशुस्वास्थ्य विभागमा तालिम दिइएको थियो । ती कुकुरहरुको नाम एन्जेल, बबी तथा ब्राभो लगायत रहेको छ ।

गत मे १० यता यी कुकुरहरुले हालसम्म १ हजारभन्दा धेरै नमुनाहरू परीक्षण गरिसकेको बताइउको छ ।

कुकुरहरुले संक्रमण पत्ता लगाउने दर पनि प्रभावकारी देखिएको छ । शंकास्पद संक्रमित मानिसहरुको पसिनाको नमुना धातुको भाँडोमा राखेर कुकुरलाई सुँघ्न दिइन्छ र कुकुरले संक्रमित भएका र नभएका मानिसहरु छुट्टाउँदछ । संक्रमित मानिसको पसिनाको नमुना सुँघेर सुँघेर त्यसकै अगाडि कुकुर टुसुक्क बस्दछ भने संक्रमित नभएका मानिसको पसिनाको नमुना सुँघ्दै अगाडि बढ्दछ ।

यसअघि फिनल्याण्ड, युएइ, जर्मनी तथा भारत लगायतका देशले पनि कोरोना भाइरस संक्रमित पत्ता लगायतका लागि कुकुरको प्रयोग गर्ने गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment