Comments Add Comment

उपत्यकामा थपिए २,३६७ जना संक्रमित

१३ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र २६५ जना छन् ।

यस्तै काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । योसँगै काठमाडौंमा स‌क्रिय संक्रमितको कुल संख्या १ लाख ८३ हजार ८७१ पुगेको छ ।

यस्तै भक्तपुरमा ४ हजार ७८९ संक्रिय स‌ंक्रमित रहेका छन् । यससँगै भक्तपुरमा कुल स‌क्रिय संक्रमितको स‌ंख्या १९ हजार ३५७ पुगेको छ ।

यस्तै ललितपुरमा ६ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै ललितपुर जिल्लामा कुल स‌क्रिय संक्रमितको संख्या ३२ हजार २९० पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा १ हजार ५५३ जना जेनरल एचडीयू बेडमा उपचाररत छन्, जसमा ४४३ जना आइसीयू बेडमा उपचाररत छन् भने १८४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment