Comments Add Comment

काठमाडौंमा थपिएको निषेधाज्ञा : एक पटकलाई चेतावनी, दोस्रो पटक कारबाही

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । थप एक साताको लागि तोकिएको निषेधाज्ञामा यसअघि भन्दा कडाइ गरिएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउने नीति लिइएको प्रहरीले जनाएको छ ।

बिहीबारसम्म बिहानी समयमा खोलिएको पसल अब खुल्यो भने के कारबाही हुन्छ त ? काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन् ‘सूचनाको अभावका कारण कसैले पसल खोल्यो भने उसलाई एक पटकको लागि चेतावनी दिइन्छ । फेरि अटेरी गरी पसल खोलेमा कानुन अनुसार कारबाही गरिनेछ ।’

पराजुलीका अनुसार यसको अनुगमन गर्ने जिम्मा प्रहरीलाई दिइएको छ । महानगरीय प्रहरी परिसर टेकुका अनुसार कडाइ गरिएको निषेधाज्ञामा पसल खोल्नेहरुलाई पहिलो पटक चेतावनी दिएर बन्द गराउने र दोस्रो पटक पसल खोलेमा प्रहरी कार्यालयमा नै ल्याएर कारबाही गर्ने तयारी छ ।

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै तीब्र आलोचना सुरु भएपछि बिहीबार काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको थियो । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।

नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, नेल, नुनलगायत सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको हो । काठमाडौंका प्रजिअ पराजुली भन्छन् ‘खाद्य सामग्री घरघरमा पुर्‍याउने वैकल्पिक व्यवस्था गरेका छौं भने पानी, दूध लगायतको ढुवानीमा अवरोध छैन ।’

यो पनि पढ्नुहोस किराना पसल बन्द हुँदा खाद्य र साल्ट ट्रेडिङले होम डेलिभरी गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment