+
+
Shares

कोरोना संक्रमणबाट बानका अध्यक्ष न्यौपानेको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते ११:३४

१४ जेठ, विराटनगर । रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल(बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचाररत ५० वर्षीय न्यौपाने शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन सुनिल देवले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या भएपछि न्यौपानेलाई वैैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो ।

न्यौपाने सप्तकोसी एफएमका स्टेशन म्यानेजर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?