
फाइल तस्वीर
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको छ ।
नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई कानुनी दायरमा ल्याइ कारबाही गर्न माग गरेका हुन् ।
उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई बिरामीहरुको उपचारमा गम्भीर असर परेको भन्दै कांग्रेसले घटनालाई गम्भीरता पूर्वक लिन माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4