Comments Add Comment

स्वास्थ्यकर्मीमाथि आक्रमण प्रकरण : तीन जनाविरुद्ध किटानी जाहेरी

१४ जेठ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अनलाइनखबरलाई जानकारी दिए ।

अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको उनले बताए ।

अस्पताल प्रशासनले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि किटानी जाहेरी दिएको बताएको छ ।

अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन् ।

चिकित्सकमाथि सांघातिक आक्रमण गर्ने समूहमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढीसकेको भन्दै अस्पताल प्रशासनले आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन आह्वान समेत गरेको छ ।

भेरी अस्पतालले जारी गरेको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment