
१४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको छ ।
नेपाल र्यापिड एक्सन टाक्सफोर्स समूहका नेपाल राइजिङ, यूएसए र गुथिको सहकार्यमा महानगरपालिकालाई उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको हो ।
सो समूहले महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको महानगरपालिकाले जनाएको छ ।
कोभिड–१९ संक्रमित बिरामीलाई उपचार गर्न सहयोग पुग्ने उद्देश्यले अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको सो समूहले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4