Comments Add Comment

अमेरिकासँग कोरोना खोप माग्दै राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाइन् पत्र

१५ जेठ, काठमाडौं । कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् ।

अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नेपालले अमेरिकाबाट केही अनुदान र केही खरिद मार्फत कोरोनाविरुद्धको खोप ल्याउन चाहेको छ । विशेषगरी अमेरिकाले चाँडै बिभिन्न देशलाई बाँड्न लागेको ८ करोड खोपमध्ये केही खोप दिन नेपालले अमेरिकालाई आग्रह गरिरहेको छ । त्यसैगरी ५० लाख अमेरिकी खोप खरिदको प्रक्रिया पनि अगाडि बढेको सरकारी अधिकारीहरु बताउँछन् ।

यसअघि राष्ट्रपति भण्डारीसमेतको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई १० लाख डोज कोरोना खोप दिने घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस नेपालमा कोरोना खोपः यी हुन् तपाईंले जान्नैपर्ने १० कुरा यो पनि पढ्नुहोस कुन खोपको मूल्य कति पर्छ ? यस्तो छ संसारमा चलेका कोरोना खोपको नालीबेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment