Comments Add Comment

बजेट प्रस्तुत गर्न सिंहदरबार पुगे अर्थमन्त्री पौडेल

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेल सिंहदरबार आइपुगेका छन् ।

सरकारले संसद नभएका बेला अध्यादेशमार्फत ल्याउन लागेको बजेट अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रस्तुत गर्नेछन् ।

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्‍यादेश जारी गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment