+
+
Shares

बारपाककी युवतीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो

विकास मरहट्टा विकास मरहट्टा
२०७८ जेठ १५ गते १६:१८

१५ जेठ, गोरखा । बारपाककी २४ बर्षीया केसुता घलेको उपचारका लागि हेलिकप्टर चार्टर गरिएको छ । स्वास्थ्यमा जटिल समस्या देखिएपछि मनाङ एयरको हेलिकप्टरमार्फत शनिवार उनलाई काठमाडौंको मेडिसिटी अस्पताल लगिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार घले विगत एक हप्तादेखि ज्वरो र रुघाखोकी सँगै पखालाबाट ग्रसित थिइन् । स्वास्थ्य परीक्षणका लागि शनिवार बारपाक स्वास्थ्य चौकी पुगेकी उनको अक्सिजन लेवल घटेपछि थप उपचारका लागि काठमाडौं पठाइएको दानीले बताए ।

‘प्रदेशबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले हिजैदेखि बारपाकमा स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेको छ, उहाँ हिजो जचाउन आउँदा मान्छे धेरै भएर फर्कनुभएछ,’ उनले भने, ‘राति सास फेर्न गाह्रो भएपछि शनिबार बिहान स्वास्थ्यचौकी आउँदा उहाँको अक्सिजन लेवल घटेको पायौं ।’

शरीर सुन्निएको र अक्सिजन लेवल ६५ मा झरेकाले थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाइएको उनले जानकारी दिए । बारपाकमा एन्टिजेन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ । घलेको उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने दानीले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?