+
+
Shares

पुनर्कर्जाका लागि १३ अर्ब विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १६:४५

१५ जेठ, काठमाडौं । सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ । लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन सरकारले यो बजेट विनियोजन गरेको हो ।

यसैगरी सरकारले माध्यमिक तथा उच्च माध्यमिक स्तरका विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?