+
+
Shares

सरकारी स्वामित्वका बन्द उद्योग निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १८:४४

१५ जेठ, काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका तथा कमजोर क्षमतामा सञ्चालनमा रहेका सरकारी लगानीको उद्योग तथा संस्थान निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । कृषि औजार कारखाना, बुटवल धागो कारखाना, गोरखकाली टायर, वीरगन्ज चिनी कारखाना र हेटौंडा कपडा उद्योगलाई सरकारको सरकार निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आह्वान गरिने अर्थमन्त्री पौडेलले बताए ।

ती उद्योग सञ्चालन गर्दा उद्योगको जग्गा र अन्य पूर्वाधारलाई सरकारको लगानीको रुपमा गणना गर्ने र बाँकी लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्ने बजेटमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?