+
+
Shares

पत्रकार महासङ्घ पाँचथरका उपाध्यक्ष भण्डारीको निधन

रासस रासस
२०७८ जेठ १६ गते ९:३६

१६ जेठ,पाँचथर । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे निधन भएको हो।

श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेकामा शनिबार निधन भएको उहाँको उपचारका लागि सहयोग सङ्कलनमा सक्रिय नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारीले जानकारी दिए । उनको पार्थिव शरीरलाई गए राति नै फिदिम-४ माझीटारस्थित हेवाघाटमा नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले अन्त्येष्टि गरेको छ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले हिजो बेलुकी शोक वक्तव्य जारी गर्दै भण्डारीको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-५ सुभाङ स्थायी घर भई विगत डेढ दशकभन्दा लामो समयदेखि फिदिममा रहेर भण्डारी पत्रकारिता, साहित्य र प्राध्यापन क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । नेपाल ट्रेड युनियन कांग्रेस पाँचथरका उपाध्यक्षसमेत रहेका भण्डारी फिदिमस्थित कञ्चनजङ्घा एकेडेमी माध्यमिक विद्यालयमा प्राध्यापनरत थिए ।

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष भण्डारी यसअघि शाखाकै कार्यसमिति सदस्य भई सक्रियतापूर्वक महासङ्घ र पत्रकारिता पेशामा क्रियाशील थिए । उनी यसअघि नेपाल प्रेस युनियन पाँचथरको उपाध्यक्षसमेत भैसकेका थिए।

भण्डारीका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । निडर, हक्की र स्पष्ट स्वभावका भण्डारीको निधनले पाँचथरको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लाको समग्र सञ्चार क्षेत्रले एक नक्षत्र गुमाएको महासङ्घ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले बताए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?