+
+
Shares

संवैधानिक इजलास गठनमा आज पनि उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १२:०८

१६ जेठ, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा आइतबार पनि संवैधानिक इजलासका एक जना सदस्य बमकुमार श्रेष्ठको सहभागीताप्रति प्रश्न उठेको छ ।

रिट निवेदकका तर्फबाट सुरुमा बहस गर्न आएका अधिवक्ता गोविन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका हुन् । उनले शुक्रबार पहिलो दिनको बहसमा पनि यही प्रश्न उठाएका थिए ।

बन्दीले इजलास गठनमा प्रश्न उठाउँदै पछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले यो बहसमा कति समय लिने भनेर सोधे । बन्दीले एक घण्टा समय चाहिने बताए । बन्दीले यो विषयमा ५ जनाले बहस गर्ने पनि बताए । प्रधान न्यायाधीशले अनुमति दिएपछि बन्दीले बहस थाले ।

प्रधानन्याधीशले ‘त्यो फैसला र यो मुद्दामा के जोडिएको छ । यसरी बहस गर्न मिल्दैन’ भनेपछि बन्दीले जवाफ फर्काए- त्यो फैसला (एमाले र माओवादीलाई अलग गर्ने फैसला) नभएको भए अहिलेको स्थिति हुँदैनथ्यो त्यसकारण त्यो फैसलाको यो मुद्दामा सरोकार छ ।

बन्दीले बमकुमार श्रेष्ठ रहेको इजलासले ऋषि कट्टेलको मुद्दामा नाम मिलेकोमा अर्को नाम राख भन्नु पर्नेमा निवेदकको माग विपरीत एक स्टेप अगाडि बढेर माओवादी र एमाले साबिकमा फर्काउने काम भएको गलत भएको बताए ।

‘नेपालको रेगुलर कोर्सलाई त्यो फैसलाले बिथोल्ने काम गर्यो । नेकपा फुटाउने काम भएको छ,’ बन्दीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?