Comments Add Comment

कोपा अमेरिका अन्योलमा, अर्जेन्टिनामा पनि नहुने

१७ जेठ, काठमाडौं । दक्षिण अमेरिकी फुटबलको ठूलो प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि आयोजना नहुने भएको छ ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले कोरोना भाइरस महामारीको कारण जनाउँदै सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको छ ।

यसअघि अर्जेन्टिना र कोलम्बियाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गर्ने तय भएको थियो । तर, कोलम्बियामा राष्ट्रपतिविरुद्ध प्रदर्शनका कारण आयोजकबाट यसअघि नै हटाइएको थियो ।

अर्जेन्टिनामा अहिलेको अवस्थामा कोपा अमेरिका हुन नसक्ने कन्मेबोलको ठहर छ ।

कोरोना भाइरसको बढ्दो लहरका कारण अर्जेन्टिनामा हाल फुटबल गतिविधिसमेत स्थगित गरिएको छ ।

जुन १३ देखि सुरु हुने कोपा अमेरिकाको आयोजनाका लागि कन्मेबोलले अन्य राष्ट्रसँग छलफल भOरहेको जनाएको छ ।

कन्मेबोलले प्रतियोगिता आयोजना गर्नका लागि अरु राष्ट्रलाई प्रस्ताव गर्नसमेत भनेको छ ।

अब कोपा अमेरिका प्रतियोगिता चिली वा अमेरिका मध्ये एक मा हुने सम्भावना छ ।

प्रतियोगिताको बारेमा छलफल गर्न कन्मेबोलको आपतकालिन बैठक सोमबार बस्दैछ ।

कोपा अमेरिकाको लागि अब केही विकल्प छ । जसमा प्रतियोगिता रद्द गर्नेदेखि चिली वा पाराग्वेमा आयोजना वा अमेरिकामा आयोजना गर्ने विकल्प छ .

तर कन्मेबोल कोपा अमेरिकालाई दक्षिण अमेरिकामै गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment