+
+
Shares

प्रदेश-२ को पाँचौ अधिवेशन अन्त्य, बजेट अधिवेशन आह्वानको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १२:१२

१७ जेठ, जनकपुरधाम । प्रदेश-२ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश-२ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि शुरु भएको थियो । पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुईवटा बैठक मात्रै बसेको थियो ।

तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको थियो ।

स्थगित गरिएको बैठक हालसम्म बस्न सकेको छैन । यहीं बीचमा प्रदेश सरकारले पाँचौ अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?