Comments Add Comment

भारतको बिहारमा ८ जुनसम्म लकडाउन थपियो

१७ जेठ, वीरगञ्ज । नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा जारी लकडाउन ८ जुनसम्म लम्ब्याइएको छ । व्यापारमा अतिरिक्त छुट गर्दै ८ जुनसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले लकडाउन जुन ८ गतेसम्म जारी रहने जानकारी गराएका छन् ।

केही खुकुलो गरिएको लकडाउनमा अब बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पसल खोल्न पाइनेछ । त्यसका लागि फरक–फरक व्यवसायका लागि फरक दिन तोकिनेछ । डीएमले यसबारे निर्णय गर्ने बताइएको छ । यस्तै यसअघि अत्यावश्यक कामका मात्रै सरकारी कार्यालय खुल्ने गरेकोमा अब सम्पूर्ण कार्यालय खुल्नेछन् । अपरान्ह ४ बजेसम्म २५ प्रतिशत कर्मचारी उपस्थित भएर सेवा दिने बिहार सरकारले बताएको छ ।

सरकारी कार्यालयहरु खुले पनि निजी क्षेत्रका कार्यालय भने खोल्न पाइने छैन ।

बिहारमा हालसम्म ७ लाख ५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । । जसमध्ये ६ लाख ८२ हजारभन्दा बढी निको भएका छन् भने ५ हजार बढीले ज्यान गुमाइसकेका छन् । पछिल्ला दिनमा बिहारमा कोरोना संक्रमण दर घट्दो क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment