Comments Add Comment

‘आइस ड्रग’सहित ३ जना पक्राउ

१७ जेठ, काठमाडौं । ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन (आइस) लागूऔषधसहित ललितपुरका एक युवक पक्राउ परेका छन् । प्रहरी परिसर, ललितपुरको टोलीले कुमारीपाटीका अनुप श्रेष्ठसहित तीनजनालाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको छ ।

‘कोठामा रहेका अम्रिता खड्का र परदु गुरुङलाई पनि पक्राउ गरिएको छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘सोमबार जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर विस्तृत अनुसन्धान गर्दैछौं ।’

श्रेष्ठ स्थानीय टोल सुधार समितिमा पनि थिए । आफैं पनि लागूऔषध प्रयोगकर्ता रहेका उनले खेलमैदानमै युवालाई लागूऔषध बिक्री पनि गर्ने गरेको प्रहरी दाबी छ ।

यसअघि श्रेष्ठ जाउलाखेल युथ क्लबको भनी उल्लेख भएकाले क्षमा माग्दै भुलसुधार गरेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment