+
+
Shares

डार्बिनमा ‘मिनी नेपाल’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते ७:४६

डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति । अझै विभिन्न जातजाति र भेषभुषा झल्कने नेपाली संगीतसँगै नृत्य प्रस्तुत हुँदा विदेशीहरु पनि मोहित देखिन्थे। कोही नेपाली फुड स्टलहरुमा नेपाली परिकारको साथमा रमाउँदै थिए। शनिबार अष्ट्रेलियाको डार्बिनमा सम्पन्न नेपाल महोत्सवको यो दृश्य देख्दा डार्बिन सहर ‘मिनी नेपाल’ जस्तै देखिन्थ्यो।

एनआरएनए नर्दन टेरीटोरीको आयोजना तथा स्थानीय सरकारको समेत सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु लगायत एनआरएन केन्द्रीय तथा स्थानीय संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति थियो।

कार्यक्रममा अष्ट्रेलियामा नै जन्मेका र यतै हुर्केका नेपाली बालबालिकाहरुको विशेष प्रस्तुतिसमेत राखेका थियो । उक्त अवसरमा नेपाल चिनाउने तथा पर्यटकीय गन्तव्यहरुको परिचय गराउने भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो।

संसारभर कोरोना महामारीको त्रास फैलिरहेको बेला प्रवासको नेपाली समुदायमा आयोजना भएको यो सम्भवत: सवैभन्दा ठूलो कार्यक्रम हो। सामाजिक दूरी कायम गर्दै कार्यक्रममा १० जनासम्म बस्न मिल्नेगरी स्टल तयार पारिएको थियो।

नेपाली मेला सम्पन्न गर्नका लागि डार्बिन ब्वाइजमा ५० जना स्वयंसेवकहरु परिचालन गरिएको थियो। कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा एनआरएनए नर्दन टेरिटोरीको संयोजक हेम पुनले नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?