+
+
Shares

खोपबारे बाबुराम भट्टराई भन्छन्- राष्ट्रपतिलाई भीख माग्न लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते ८:२४

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् ।

भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामी जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिं भीख माग्न लगाउने ? खै लज्जाशरणम् ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?