+
+
Shares

हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते ११:५८
फाइल तस्वीर

१८ जेठ, धनगढी । मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको बताउँदै अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको जानकारी दिए ।

दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटाए पनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने उनले बताए । हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?