+
+
Shares

अगष्टसम्ममा दैनिक एक करोडलाई कोरोना खोप लगाउने भारतको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १२:४६

१८ जेठ, काठमाडौं । भारतले आगामी जुलाईको मध्य वा अगष्टको सुरुआतसम्ममा दैनिक एक करोड मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

भारतको सरकारले सो अवधिसम्ममा भारतमा खोपको आपूर्ति बढ्ने र खोप अभियानलाई तीव्रता दिन सकिने बताएको छ ।

भारतको कोरोना खोप अभियानका लागि बनाइएको टास्क फोर्सका अध्यक्ष एनके अरोडाले अगष्टसम्ममा भारतमा बनेको करिब २५ करोड खोप उपलब्ध हुने बताएका छन् ।

उनले भने, ‘सेरम इन्स्टिच्युट अफ इन्डियाले एक पत्रमा जुनको अन्तिमसम्ममा १० देखि १२ करोड डोज खोप बनाउने बताएको छ । जुन उत्पादन कम्पनीको अहिलेको क्षमताभन्दा ५० प्रतिशत बढी हुनेछ ।’

त्यस्तै भारत बायोटेकको कोभ्याक्सिन खोपको उत्पादन क्षमता पनि बढ्ने र प्रतिमहिना १० देखि १२ करोड डोज खोप उत्पादन गर्न सक्षम हुने अपेक्षा छ । त्यसका साथै उक्त अवधिसम्ममा फाइजर, मोडेर्ना र रुसी कम्पनीको खोप उपलब्ध हुने सक्ने भारतको सरकारले बताएको छ ।

अरोडाले भने, ‘अगष्टसम्म हामीसँग प्रतिमहिना २०–२५ करोड डोज खोप हुनेछ । हाम्रो लक्ष्य प्रतिमहिना एक करोड मानिसलाई खोप लगाउनु हो ।’

आगामी केही सातामा मानिसहरुलाई फरक फरक खोप दिन सकिन्छ कि भन्ने विषयमा अध्ययन हुनेछ । अहिले पहिलो डोज अन्य खोपको लिएका मानिसले दोस्रो डोज अर्कै खोप लिन मिल्छ कि मिल्दैन भन्ने चासोको विषय छ ।

अहिले भारतमा प्रतिमहिना कोभिसिल्ड र कोभ्याक्सिन खोप दुवै जोड्दा प्रतिमहिना सात करोड डोज उत्पादन हुँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?