
१८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो । गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो ।
त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको मृत्यु भएको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो ।
पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ ।
नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।
कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १०६०, मोरङमा २९१, ललितपुरमा २८३, झापामा २८३, काभ्रेपलाञ्चोकमा २३२, भक्तपुरमा २१५ र सुनसरीमा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनुषामा १९२, गोरखामा १८८, चितवनमा १७४, कास्कीमा १६९,दाङमा १३८, पाल्पामा १२६, मकवानपुरमा ११६, सिन्धुपाल्चोकमा १०८ र रूपन्देहीमा १०३ जना कोरोना संक्रमित थपिएका छन् ।
सुर्खेतमा ९६, रामेछापमा ९४, नुवाकोटमा ७९, सर्लाहीमा ७६, धादिङमा ७४, सिरहामा ६५, महोत्तरीमा ५८, दोलखा र दैलेखमा ५५/५ जना, डडेलधुरामा ५४ र बारामा ५० जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै तनहुँमा ४२, बाँकेमा ३८, नवलपरासी पूर्व र कैलालीमा ३२/३२ जना, सिन्धुलीमा ३१, दार्चुलामा ३०, डोटीमा २९, ओखलढुंगामा २८, स्याङ्जा र कपिलवस्तुमा २७/२७, बर्दिया र कञ्चनपुरमा २५/२५ जना, धनकुटामा २४, कालीकोटमा २३ र नवलपरासी पश्चिममा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
म्याग्दीमा १९, इलाम र सल्यानमा १८/१८ जना, लमजुङ र अर्घाखाँचीमा १७/१७ जना, रौतहटमा १५, सप्तरी र रूकुम पश्चिमममा १४/१४ जना ,पर्सामा १२ र उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गुल्मी, प्युठान र जुम्लामा ७/७ जना, रोल्पा र जाजरकोटमा ६/६ जना, खोटाङ र बागलुङमा ५/५ जना, ताप्लेजुङ र रसुवामा ३/३ जना, संखुवासभामा २ तथा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, पर्वत, रूकुम पूर्व, र अछाममा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्षमुनिका १७४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमैर समूहका ४५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4