+

एन्सेलोट्टी बने रियलको नयाँ प्रशिक्षक

२०७८ जेठ  १९ गते ५:३७ २०७८ जेठ १९ गते ५:३७
एन्सेलोट्टी बने रियलको नयाँ प्रशिक्षक

१९ जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले कार्लो एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । रियलले मंगलबार इटालियन प्रशिक्षक एन्सेलोट्टीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

एन्सेलोट्टीले अब जिनेदिन जिदानको स्थान लिनेछन् । जिदानले सम्झौता बाँकि छँदै प्रशिक्षकबाट राजीनामा दिएका थिए । रियलले स्टेटमेन्ट जारी गर्दै एन्सेलोट्टी आगामी तीन वर्ष सिनियर टिमको प्रशिक्षक रहने जनाएको छ ।

दुईपक्षबीच सम्झौता कार्यक्रम बुधबार हुने रियलले जनाएको छ । एन्सेलोट्टी अब सन् २०२४ सम्म रियलमा रहने छन् । एन्सेलोट्टी यसअघि सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षक थिए ।

हाल प्रिमियर लिग क्लब एभरटनसंग अनुबन्ध रहेका एन्सेलोट्टी इंग्लिस क्लबसंग सम्झौता बिचैमा टुङ्गाउँदै रियल आउने भएका हुन् । एन्सेलोट्टी यसअघि रियलको प्रशिक्षक हुँदा च्याम्पियन्स लिग जितेका थिए । उनले रियल र एसी मिलानबा६ गरी ३ पटक च्याम्पियन्स लिग जितेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय