Comments Add Comment

फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

१९ जेठ, काठमाडौं । कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो ।

बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थलमा बुधबार नै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment