+
+

वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै घोराहीका सबै वडा कार्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १२:४७

१९ जेठ, बुटवल । दाङको घोराही उपमहानगरपालिकाका एकजना वडाध्यक्षमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विरोधमा घोराहीका सबै वडा कार्यालय बन्द भएका छन ।  घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेमाथि मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले स्कुटर रोकेर दुर्व्यवहार गरेको भन्दै उपमहानगरका १९ वटै वडा कार्यालय बन्द भएका हुन् ।

जनप्रतिनिधिमाथि नियोजित उद्देश्यले दुव्र्यवहार भएकाले विरोधस्वरुप एक दिनका लागि सबै वडा कार्यालय बन्द गरिएको घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १८ का वडाध्यक्ष भरत अर्यालले बताए । कागजपत्र र परिचयपत्र देखाउँदा देखाउंदै पनि प्रहरी कार्यालय अगाडि वडाध्यक्षलाई रोकेर प्रहरी निरीक्षक रामनारायण गुप्ताले एक किलोमिटर अगाडिबाट स्कुटर सुस्त गतिमा किन नचलाएको भन्दै निहुँ खोजेको प्रवक्ता अर्यालको दाबी छ ।

वडाध्यक्ष पाण्डेले आफू वडावासीका लागि अक्सिजन सिलिण्डर खोज्न निस्किएका बेला प्रहरीले रोकेको बताएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले नियोजित रुपमा नभई प्रहरीले नचिनेकाले चेकजाँचका लागि रोकेको बताए । उनले चेकिङमा खटिएका प्रहरी निरीक्षकले कमजोरी स्वीकार गरिसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?