Comments Add Comment

एक एक पाइला कोभिड आउटरिच कार्यक्रम

एक एक पाइलाले काठमाडौंस्थित थापाथलीमा रहेको सिटी क्लिनिकमार्फत सेवा सञ्चालन गरिरहेको छ । महामारीको कठिन समयमा आफूलाइ आवश्यक परेको चिकित्सकसँग सिधा सम्पर्क गरेर सल्लाह र सुझाव लिन सकिने जनाइएको छ ।

एक एक पाइलामार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण गरिरहेको पनि जनाइएको छ । यो कार्यक्रममार्फत हालसम्म तीन हजार ३० मेडिकल प्याकेट पठाइएको जनाइएको छ ।

सेवा समय:
बिहान ७:०० देखि बेलुका ७:०० बजे सम्म

बिहान:७:०० देखि ९:०० सम्म डाक्टरहरू संग सिधै कल मार्फत जवाफ लिन सक्नुहुनेछ ।

बिहान ९: ०० देखि अपराह्न ५:०० सम्म सबै डाक्टरहरूको कार्य ब्यस्तता हुने हुनाले उहाहरूलाई म्यासेज पठाउन सक्नुहुन्छ तर आपतकालिन अवस्थामा भने तपाईहरुले उहाहरूलाई सिधै फोन गरेर आफ्नो समस्या भन्न सक्नुहुनेछ ।

अपराह्न ५:०० देखि साझ ७:०० बजे सम्म डाक्टरहरू संग सिधै कल मार्फत जवाफ लिन सक्नुहुनेछ ।

डाक्टरहरुको नाम तथा हेल्प लाइन सम्पर्क नम्बरहरु
डा. सुमन थापा -आँखा : ९८०१८६३६६१
डा. कविता धाक्वा – आँखा : ९८०१८६३६६२
डा. सुधाम्शु केसी – जनरल चिकित्सा: ९८०२३३२४८८ / ९८४०८७५९००
डा. सुबोध ढकाल – जनरल चिकित्सा:९८०१८६३६६४
डा. सबीना भट्टराई- छाला :९८०१८६३६६५
डा. सृष्टि श्रेष्ठ – छाला :९८०१८६३६६६
डा. नील पाण्डे – दन्त चिकित्सक : ९८०१८६३६६७
डा. बिनिता अधिकारी – दन्त चिकित्सक : ९८०१८६३६६८
डा. कुञ्जन आचार्य – नाक कान घाँटी: ९८०१८६३६६९
डा. रवीन्द्र प्रधान – नाक कान घाँटी: ९८०१८६३६७०
डा. सपना वैद्य – स्त्री रोग : ९८०१८६३६७१
डा. रिचा गिरी – स्त्री रोग :९८०१८६३६७२
डा. ज्योति रायमाझी- सर्जरी :९८०१८६३६७३
डा. राज राना – आर्थोपेडिक्स :९८०१८६३६७५
डा. बिष्णु गिरी – बाल रोग : ९८०१८६३६७४

एक एक पाइला मार्फत नियमित मेडिकल सुविधाहरूको अभाव हुने ठाउँमा औषधि र चिकित्सा उपकरणहरूको निःशुल्क वितरण हुन्छ ।  विशेष गरी ग्रामीण क्षेत्रहरूका कोभिड संक्रमीत र घरमै क्वारेन्टाइनमा भएका मानिसहरुले यो सेवा प्रयोग गर्न सक्छन् ।  प्रयोग गर्ने तरिका र डाक्टरहरुको हेल्पलाइन फोन नम्बर सहित केही संख्यामा मेडिकल प्याकेजहरू पठाईएको छ ।

स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका नागिकलाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु  भएको अभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment