Comments Add Comment

तेल उत्पादक संघले भन्यो-अझै अन्तर्राष्ट्रिय मूल्यअनुसार भाउ बढाएको छैनौं

१९ जेठ, काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले तेलको मूल्यवृद्धि स्वभाविक भएको बताएको छ । उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपपरिरहेको संघले बताएको छ ।

मुख्य कच्चापदार्थ अन्तराष्ट्रिय बजारवाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गरेको संघको भनाइ छ । विगत करिब १६ महिनादेखि नै महामारी भूराजनीतिक सवालहरुले खाने तेलको मुल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको संघको दावी छ । संघका अनुसार निषेधाज्ञाको कारण उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकी करिब ४० प्रतिशत कै क्षमताको हाराहारीमा मात्र उत्पादन गरिरहेका छन् ।

ख्ाानेतेलमा भन्सार महशुल १० प्रतिशत र मूल्यअभिवृद्धि कर १३ प्रतिशत भएकोले एक वर्षमा कच्चा पदार्थको मुल्यमाभएको दोब्वर वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० रुपैयाँ प्रति लिटर रहेकोमा हाल सरदर रु ४० भन्दा वढी पुगिसकेको छ संघले बताएको छ ।

हालसम्म पनि चलनचल्तिको अन्तराष्ट्रिय मूल्यअनुसारको नेपालको मूल्य अझै परिमार्जित हुन नसकेको संघले बताएको छ । ‘संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृत्रिम अभाव सृजना गरी मुल्य वृद्धि नभएको, हालको मुल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनहुँ भईरहेको मूल्यवृद्धिको कारणले भएको जानकारी गराउदछौं,’ संघले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment