Comments Add Comment

चौधरी ग्रुपले काठमाडौं उपत्यकामा थाल्यो इन्टरनेट सेवा, कति छ सस्तो ?

१८ जेठ, काठमाडौं । चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको   छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्नेछन् । उच्च  गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । उपभोक्ता केन्दि्रत सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।

‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । हामीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकपि्रय सेवा पनि बजारमा ल्याउनेछौं ।

भिडियो, ओटीटी प्लेटर्फम, ‘वर्क फर्म होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।

शुरुवातमा हाम्रो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ ।

उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी  https://www.cgnet.com.np/ मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने हाम्रो लक्ष्य छ ।

हाम्रा ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा- जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिनेछ ।

सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेका छौं । वाषिर्क प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए ।

“दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले  भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दहि्रलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”

नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए ।

योजना

१२० एमबीपीएस

 

योजना

 

शुल्क रू.

 

जडान शुल्क
२.४ जी राउटर ५ जी राउटर केबल
१ महिना ९९९*१ ९९९/- रू.२५०० /- रू.३५०० /- फ्रि
३ महिना ९९९*३ २,९९७/- रू.२००० /- रू.३००० /- फ्रि
६ महिना ९९९*६ ५,९९४/- रू.१५०० /- रू.२५०० /- फ्रि
१२ महिना ९९९*१२ ११,९८८/- फ्रि फ्रि फ्रि

उल्लिखित मूल्यमा दूरसञ्चार सेवा शुल्क समावेश रहेको मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने कम्पनीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment