+

बार्सिलोनाले तीन दिनभित्र तेस्रो खेलाडी अनुबन्ध गर्‍यो

२०७८ जेठ  १९ गते १७:५९ २०७८ जेठ १९ गते १७:५९
बार्सिलोनाले तीन दिनभित्र तेस्रो खेलाडी अनुबन्ध गर्‍यो

१९ जेठ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना सन् २०२१/२२ को नयाँ सिजन अघि खेलाडी ट्रान्सफरमा आक्रामक रुपले लागेको छ ।

क्याटलान क्लबले तीन दिनभित्र तेस्रो खेलाडी अनुबन्ध गरेको छ । क्लबले बुधबार ब्राजिलियन डिफेन्डर एमरसन रोयललाई रियल बेटिसबाट क्लब भित्र्याएको हो । यसअघि बार्सिलोनाले सर्जियो अगुएरो र डिफेण्डर एरिक गार्सियाललाई म्यानचेष्टर सिटीबाट फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।

दुई सिजन लोनमा बेटिसमा बिताएका एमरसनलाई बार्सिलोनाले आफ्नो अधिकार प्रयोग गर्दै अनुबन्ध गरेको हो । यसबारे बार्सिलोनाले बेटिसलाई जानकारी गराएको छ भने जुलाई १ पछि एमरसन बार्सिलोनाको खेलाडी हुनेछन् ।

बार्सिलोनाले एमरसनलाई ९ मिलियन युरोमा अनुबन्ध गरेको हो । बार्सिलोना आउनुअघि एमरसनले ब्राजिलियन क्लब पोन्टे प्रेटा र एट्लेटिको मिनेयरोबाट खेलेका थिए ।

२२ वर्षीय राइट ब्याक एमरसनले बेटिसका लागि सबैखाले प्रतियोगितामा ७९ खेल खेले । उनले २०२०÷२१ को सिजनमा ३८ खेल खेलेका थिए ।

उनले ब्राजिलका लागि सन् २०१९ मा डेब्यु गरेका थिए । यही जुन १३ देखि ब्राजिलमै हुने कोपा अमेरिका फुटबलमा एमरसन खेल्दैछन् ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय