Comments Add Comment

कर्णालीमा एकै दिन ६०० बढी संक्रमणमुक्त, ३ जनाको मृत्यु

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६१० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय नयाँ कोरोना संक्रमित हुने संख्याभन्दा संक्रमणमुक्त हुनेको दर बढ्दोे छ ।

बुधबार मात्रै एक हजार १६ जनाको परीक्षण गर्दा प्रदेशमा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका दुईजना र मुगुका एकजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment