+
+
Shares

स्वास्थ्यकर्मीसहित नेता श्रेष्ठ दोस्रो पटक गोरखामा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १९ गते १९:४८

१९ जेठ, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित दोस्रो पटक गृह जिल्ला गोरखाको कोरोना प्रभावित क्षेत्रमा पुगेका छन् ।

जेठको पहिलो हप्ता श्रेष्ठसँगै आएको स्वास्थ्यकर्मी टोलीले विभिन्न स्थानीय तहमा ५२१ जनाको एन्टिजेन परीक्षण गरेको थियो । त्यतिबेला ९७ जनामा संक्रमण पुष्टि भएपछि थप परीक्षणको आवश्यकता रहेको भन्दै श्रेष्ठ स्वास्थ्यकर्मीको टोली लिएर जेठ १६ गते फेरि गोरखा आएका छन् ।

जेठ १६ यता ३९७ जनाको एन्टिजेन परीक्षण गरेको र ८० जनामा संक्रमण पुष्टि भएको नेता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । नेता श्रेष्ठ गोरखा र पालुङटार नगरपालिका, बारपाक सुलीकोट र गण्डकी गाउँपालिकाका विभिन्न ठाउँमा एन्टिजेन किट लिएर पुगेका छन् ।

बारपाक सुलीकोटको सौरपानी र पाँचखुवा देउराली स्वास्थ्य चौकीमा कुल ११८ जनाको परीक्षण भएको र उनीहरुमध्ये ४५ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए । पालुङटारको ठाँटीपोखरी र सिमपानीमा ७८ जनाको परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी गाउँपालिकाको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्र, दर्वुङ र फुजेल स्वास्थ्य चौकीमा १८१ जनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । गोरखा नगरपालिकाको देउरालीमा २० जनाको परीक्षण गर्दा संक्रमित फेला नपरेको श्रेष्ठले बताए ।

नेता श्रेष्ठले गोरखा अस्पताल र विभिन्न स्थानीय तहको स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर पनि सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?