Comments Add Comment

राक्सिराङ गाउँपालिकाका १ हजार घरपरिवारलाई खाद्यान्‍न सहयोग

२० जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।

राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ को साविक खैराङ गाविसको ५ सय ५२ घरधुरी र ७ नम्बर वडाको धिराङ र दामराङका ४ सय ४८ गरिब विपन्न चेपाङ तथा तामाङ समूदायका स्थानीयलाई उक्त सामागी सहयोग गरिएको छ ।

हस्तान्तरण गर्दै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले रोग र भोकले जनता छटपटाई रहेको बेला बर्तमान कम्युनिष्ट सरकार सत्ता जोगाउने खेलमा लागीरहेको तर नेपाली कांग्रेस मात्रै जनताको घरघरमा पुगेको बताइन् ।

उनले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुमात्रै कोरोना रोगसँगै जन्मिएको भोकसँग लड्न जनताको घरदैलोमा पुगेको बताइन् ।

यस्तो विषम परिस्थितिमा सरकार छ भन्ने अनुभूति जनताले गर्ने अवसरनै नपाएको दावी गर्दै उनले कम्युनिष्ट सरकार आफू र आफ्ना कार्यकर्ता पोष्नमात्रै तल्लिन रहेको आरोप लगाइन्।

यस्तै कार्यक्रममा बोल्दै नेता बानियाँले अहिलेको केपी ओली सरकार जनताप्रति पूर्ण उदासिन रहेको बताउँदै सरकारसँग पैसा भएपनि सहयोगको भावना र योजना नभएको आरोप लगाए ।

नेता बानियाँले आफूले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई पटकपटक जनता रोगले भन्दा भोकले मर्ने भए सहयोग गरौं भन्दा कुनै तत्परता नदेखाएको दावी गरे । प्रदेश सरकार जनताप्रति अनुत्तरदायी भएपछि आफू र आफ्ना सहयोगी मार्फत सहयोग सामाग्री उपलब्ध गराएको उनको भनाइ छ ।

नेता बानियाँले निशेषाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरु कोरोना महामारीलाई बेवास्था गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दवाबसहित सहयोग गरेको प्रष्ट पारे ।

विकट वस्तिका चेपाङ र तामाङ समूदायका विपन्न र गरिव जनताका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबाट एक लाख रुपैयाँ सहयोग उपलब्ध भएको नेता बानियाँले जानकारी दिए ।

यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुको समेत सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment