+
+

पाकिस्तानले सार्वजनिक गर्‍यो आफ्नै देशमा उत्पादित कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १७:२०

२० जेठ, काठमाडौं । पाकिस्तानले स्थानीय कम्पनीले उत्पादन गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप सार्वजनिक गरेको छ । मंगलबार पाकिस्तानको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)मा एक कार्यक्रम आयोजना गरी उक्त खोप सार्वजनिक गरिएको हो । स्थानीयरुपमा उत्पादन गरिएको सो खोपलाई ‘पाकभ्याक’ नाम दिइएको छ ।

स्थानीयस्तरमा उत्पादन गरिएको क्यानसिनो खोप पाकिस्तानको लागि कोसेढुङ्गा भएको प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार फैसल सुल्तानले बताए । यो खोपले पाकिस्तानको कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

यसअघि क्यानसिनो बायोलोजिक्सले पाकिस्तानमा आफ्नो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण गरेको थियो । जसलाई पाकिस्तानले पनि आपतकालीन प्रयोगको अनुमति दिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?