Comments Add Comment

झलनाथ खनालको प्रस्ताव : हामीलाई बिदा गर्नुहोस्, नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्नुस्

२० जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गरे ।

‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ,’ नेता खनालले भने । भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार आफ्नो पुस्तालाई बिदा गर्न युवाहरुसँग आग्रह गरेका थिए ।

‘केही काम दिनुहुन्छ भने तयार छौं । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु बढ्नुपर्छ,’ खनालको भनाइ थियो । एमाले धार निर्माणका संस्थापक नेता खनालले पटकपटक गरी  एक दशक बढी पार्टीको नेतृत्व गरेका छन् ।

२०३९ सालमा खनाल नेकपा मालेका महासचिव बनेका थिए । फेरि २०६४ पछि खनाल एमालेको अध्यक्ष बनेका थिए । खनालपछि २०७१ बाट केपी शर्मा ओली एमालेका अध्यक्ष निर्वाचित भएका हुन् ।

तर अब आफ्नो पुस्ताको नेताहरु नेतृत्वबाट अलग हुनुपर्ने खनालले प्रस्ताव गरेका छन् । उनले ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने पनि बताए । ‘केपी ओपी कम्युनिष्ट नै होइनन् । उनीबाट आन्दोलन जोगिंदैन,’ खनालले भने ।

एजेण्डामा पार्टी नचलाइएकाले दक्षिणपन्थी प्रवृत्ति हाबी भएर गएको खनालले बताए । ‘पार्टी एजेण्डामा बाँच्नुपथ्र्यो । तर दक्षिणपन्थतिर गयो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment