Comments Add Comment

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनको भनाइ छ ।

बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको भए पनि विनानिष्कर्ष सकिएको थियो ।

शुक्रबार पुनः बैठक बसेर एजेण्डा तय गर्ने बताइएको छ । प्रदेशसभा सचिवालयका सचिव धामीले पनि अहिलेसम्म बैठकका एजेण्डाबारे जानकारी प्राप्त नभएको जनाए ।
उनले बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान नै आजको मुख्य विषय हुने जनाए ।

प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगावै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भए पनि यसवर्ष राजनीतिक किचलोका कारण ढिलो गरी बजेट अधिवेशन आहृवान भएकाले ढिलाइ भएको छ ।

तर, सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गर्दै बजेट ल्याउनुभन्दा ७ दिन अगाडि नीति कार्यक्रम ल्याउनुपर्ने व्यवस्था गरेको छ । असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment