Comments Add Comment

अफ्रिका कोरोनाको तेस्रो लहरको जोखिममा : डब्लुएचओ

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिन सक्ने चेतावनी दिएको छ ।

अहिले विश्वका धेरै मुलुकमा कोरोना संक्रमणको नयाँ लहर फैलिरहेको अवस्थामा अफ्रिका भने त्यसको सामना गर्न तयार नरहेको डब्लुएचओले बताएको छ ।

‘धेरै अस्पताल तथा क्लिनिक ठूलो संख्यामा गम्भीर बिरामीको संख्या बढेको अवस्थामा त्यसलाई समाधान गर्न तयारी अवस्थामा छैनन्’, डब्लुएचओको अफ्रिकाकी क्षेत्रीय निर्देशक मात्सिडिसो मोइटीले भनिन् ।

अफ्रिकामा कोरोनाको तेस्रो लहर फैलिने जोखिम उच्च रहेको र अहिले पनि अफ्रिकामा कोरोनाका नयाँ संक्रमितको संख्या बढिरहेको उनको भनाइ छ ।

अहिलेसम्म अफ्रिकामा आधिकारिक रुपमा ४८ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने १ लाख ३० हजारभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

गत मे महिनामा डब्लुएचओले गरेको सर्वेक्षणमा गम्भीर बिरामीको संख्या बढेको अवस्थामा अफ्रिकामा स्वास्थ्य सेवाको अभाव हुने देखाएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment