Comments Add Comment

दाङमा पोखरी खन्दा अनुमति भन्दा बढी बालुवा-ढुंगा उत्खनन

२१ जेठ, बुटवल । दाङको राजपुर गाउँपालिकामा माछापोखरी बनाउने नाउँमा बालुवा र ढुंगा उत्खनन गरी बिक्री गरेको पाइएको छ ।

राजपुर गाउँपालिका– २ स्थित शोभा कृषि फार्म प्रालिको नाममा दुईवटा पोखरी खन्दा तोकिएको मात्रा भन्दा ६ हजार घन फिट बढी बालुवा र ढुंगा उत्खनन गरेर बिक्री गरिएको हो ।

माछा पालनका लागि राजपुर गाउँपालिकाबाट अनुमति लिएर पोखरी खनिएको तर राजश्व तिरेको भन्दा बढी मात्रामा बालुवा र ढुंगा झिकेको पाइएको जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले बताए ।

‘पोखरीबाट तोकेको मात्रा भन्दा ६ हजार ४ सय घनफिट बढी ढुंगा गिट्टी माटो उत्खनन् गरेर बेचेको पाइयो’, नेपालीले भने, ‘पोखरी खन्नका लागि प्रक्रिया पूरा गरिएको छ तर खनिएको नदीजन्य पदार्थको राजश्व कम तिरेर धेरै उत्खनन् भएको छ ।’

प्रालिले माछापोखरी बनाउन २० हजार घनफिट नदीजन्य पदार्थ उत्खननका लागि राजश्व बुझाएको तर २६ हजार ४ सय घन मिटर उत्खनन गरेको नेपालीले बताए । बढी मात्रामा उत्खनन गरेको ढुंगा तथा बालुवाको राजस्व नतिर्दासम्मका लागि पोखरी खन्न बन्द गराइएको उनले बताए ।

प्रालिका सञ्चालक प्रकाशकुमार जिसीले भने गाउँपालिकासँग अनुमति लिएर उसैको निर्देशनअनुसार नै बालुवा र ढुंगा झिक्न एसआर बालुवा वासिङ प्लान्ट उद्योगलाई दिएको बताए ।

गाउँपालिकाले अनुमति दिने तर अनुगमन नगर्ने कारणले समस्या देखिएको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बताइन् । ‘अनुमति दिएपछि कसरी पोखरी खन्ने काम भएको छ, कति खनिएको छ ? भन्ने अनुगमन गरिएको भए यो समस्या आउने थिएन’ थापाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment