Comments Add Comment

पौडेलले सम्हाले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी, दुई अस्पताललाई बजेट स्वीकृत

२१ जेठ, काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए ।

उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताए ।

पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडीयू जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन् ।

जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ बजेट दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment