+
+

ढुंगा-गिट्टी निकासीको निर्णय फिर्ता नभए सत्याग्रह थाल्ने शान्ति समाजको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते १३:३०
फाइल तस्वीर

२२ जेठ, बुटवल । मानवअधिकार तथा शान्ति समाजले ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् ।

शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा जोड दिंदै हिमालय बचाऊ आन्दोलन समेत सञ्चालन गरिरहेको उल्लेख गर्दै सभापति खनालले ढुंगा गिटी निकासीको निर्णय नसच्याए सत्याग्रह आन्दोलन शुरु गर्ने उल्लेख गरेका छन् ।

‘वातावरण विनाश गर्ने सरकारको यो नीतिले नेपालको दक्षिणको मैदानी इलाका मरुभूमिकरण हुने खतरा रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो आत्मघाती कदम वातावरणीय प्रतिगमन हो, छिमेकीलाई रिझाउन अंगदान गर्न सकिंदैन ।’

सरकारको यो निर्णय फिर्ता गराउन समाजका सबै तह र तप्काको सामूहिक पहल र दबाब आवश्यक रहेकोमा सभापति खनालले जोड दिएका छन् ।

६ जिल्लामा वृक्षारोपण

यसैबीच मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसको अवसर पारेर रुपन्देहीको बुटवलस्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल परिसरसहित ६ जिल्लामा वृक्षारोपण गरेको जनाएको छ ।

बुटवलमा आँप, अमला, रुद्राक्ष, बेल, धुपी सल्लो, कल्पी फूल लगायत जातका एक सयभन्दा बढी बिरुवा रोपिएको समाजका जिल्ला सभापति डीपी खनालले बताए । यस्तै काठमाडौ, पर्सा, चितवन, कपिलवस्तु, दाङ, नवलपरासी पश्चिम र सुर्खेतमा पनि वृक्षारोपण गरिएको समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?