Comments Add Comment

थप ८,२४३ जना कोरोना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना कोरोना संक्रमित थपिंदा ८ हजार २४३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ । जसमध्ये ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् भने ९२ हजार ९२८ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८६ हजार २६८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा रहेका ६ हजार ६६० जना संक्रमितमध्ये १ हजार ४५१ जनाको आईसीयूमा र ३८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकामा थपिए ९२३ संक्रमित, मोरङमा २६८ जना

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ९२३ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ७२३, ललितपुरका १४१ र भक्तपुरका ७३ जना छन् ।

मन्त्रालयका अनुसार काठमाडौंपछि मोरङमा २६८ जना संक्रमित थपिएका छन् । यस्तै झापामा २४५, सुर्खेतमा १५४, कास्कीमा १०८, धनुषामा ९१, चितवनमा ८९, सुनसरीमा ८७ र रुपन्देहीमा थप ७६ जनामा संक्रमण देखिएको छ ।

नवलपरासी पूर्वमा ७३, रामेछापमा ७२, रौतहटमा ७०, पाल्पामा ६०, कैलालीमा ५५, महोत्तरीमा ५३, धादिङमा ५२, अछाममा ५१, नुवाकोट र गुल्मीमा ४७/४७, संखुवासभामा ४६, सर्लाहीमा ४६, दैलेख, दोलखामा ३५ तथा खोटाङमा ३४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यसैगरी दाङ, बाँके, नवलपरासी र तनहुँमा ३३/३३ जना, रोल्पामा ३२ र लमजुङमा ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment