
२२ जेठ, काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पर्ताहामा ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ । ना ४ त १६८२ नम्बरको ट्याक्टरमा रा ६ प २८३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ घर भएका २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार तनहुँ घर भएका २४ वर्षीय जीवन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4