+
+

कृष्ण थापाको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १०:४६

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले दायर गरेको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।

आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको लागि तोकिएको पेसी चुडालको इजलासमा राखिएको सर्वाेच्चले जनाएको छ ।

थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?