Comments Add Comment

नेपालमा प्लास्टिक पुनः प्रयोग गर्ने कोका–कोलाको प्रतिबद्धता

कोका–कोलाले नेपालमा प्लास्टिक पुनः प्रयोग ​गर्ने प्रतिबद्धता दोहोर्याएको छ । वल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाउँदै कोका–कोलाले सो प्रतिबद्धता जनाएको हो । साथै कोकले विश्वकै एक मध्येको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण ‘सफा हिमाल अभियान २०२१’ को समापनको घोषणा पनि गरेको छ ।

२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरीर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरूबाट संकलन गरिएको छ र थप सेग्रिगेशन र रिसाइक्लिङ (पुनः प्रयोग) को लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको कोका–कोलाले जनाएको छ ।

हिमाल सफा अभियानका निर्देशक तथा नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भएको जनाएका छन् । उनले अगाडि भनेका छन्, ‘यो अभियान कोभिड–१९ महामारी र दुईवटा साइक्लोन टाउक्टे र यासको बावजुद सफल भयो । यो हाम्रो इन्भाइरोमेन्टल्ली रेस्पन्सिबल पार्टनरहरुको अटुट समर्थनका कारण सम्भव भएको हो । भविष्यको लागि हिमालहरु संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा हामी कोका–कोला प्रति आभारी छौं

।’नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा रहेको अभियानको मूल उद्देश्य भनेको हिमालहरुको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुराहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु रहेको अभियानमा संलग्नहरुको भनाइ छ । कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ मा स्थापना भएदेखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ ।

वल्ड विथआउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च भएको थियो । यो कार्यक्रम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिङको बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो । नेपालमा कम्पनीले स्थानिय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिङ पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरूलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच गरेको कम्पनीको ठहर छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘फोहोर व्यवस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतीलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिईटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौं । हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सचेतनामूलक पिईटी संकलन बिनहरुको स्थापना जस्ता विभिन्न कार्यक्रमहरु मार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइकल सम्बन्धी जागरुकता सिर्जना गरेका छौं ।’

नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले यो कार्यक्रम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यक्रम भएको जहाँ प्याकेजिङ डिजाइनलाई पुनर्विचार गर्ने र प्रयोग गरिएको प्याकेजिङ संकलन गर्ने र रिसाइकल भएको सुनिश्चित गर्न सँगै काम गर्ने बताए ।

कोका–कोलाको साभेदारीले पनि समुदायको नेतृत्वमा इन्टीग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइकललाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम गरिरहेको कम्पनीले जनाएको छ ।

यसमा व्रिmयसन, डब्लुडब्लुएफ नेपाल, हिमालयन क्लाइमेट इनिसियटिभ(एचसीआई),नेपाल युवा परिषद र अन्य जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग साझेदारी रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment