Comments Add Comment

सेभ नेपाल ग्लोबल एलायन्सले नेपाललाई दियो सय थान अक्सिजन कन्सन्ट्रेटर

२३ जेठ, काठमाडौं । सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलायन्सले नेपाललाई १०० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । अभियानले प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

प्रहरीले आवश्यक दुर्गम स्थलहरुमा ढुवानी गर्न समन्वय गरिदिने जिम्मेवारी लिएको छ । कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एलाइन्सका अभियन्ताहरुले अत्यावश्यक स्थानमा सही समयमा पुगोस् भनेर नेपाल प्रहीलाई सहयोग समन्वयको जिम्मा दिइएको बताए ।

दिनहुँ संक्रमित भएका नेपालीहरुको पीडामा मल्हम लगाउनको लागि यो एलाइन्सको गठन गरिएको र सहयोग संकलन गरी उपलब्ध गराइरहेको एलाइन्सकी अन्तर्राष्ट्रिय संयोजक प्रगती घिमिरेले बताइन् ।

‘हामीले देशविदेशबाट आ-आफ्नो तर्फ़बाट लागि परेका छौँ। देशलाई सहयोग गर्नुपर्ने यो भन्दा कठिन घडी सायदै आउला। यसै सन्दर्भमा नेपाल, अमेरिका, न्युजिल्यान्ड , अस्ट्रेलिया, फ्रान्स बेलायत लगायतका देशहरुमा भएका संघसंस्था एलाएन्समा आबद्ध भएका छौं”- इन्स्टिट्युट फर नेपालकि सह-संस्थापक समेत रहेकी घिमिरेले भनिन् ।

एलाएन्सका तर्फबाट अर्का नेतृत्वकर्ता नेपाल संयोजक ( हाम्रो सानो प्रयास नेपालका राष्ट्रिय संयोजक / ईन्स्टिच्युट फर नेपालका सह-संस्थापक ) पुकार बमले यो अभियानको उद्देश्य संसारभरीका सहयोगी नेपालीहरुको साधन श्रोत प्रयोग गरेर छिटो भन्दा छिटो नेपालका आवश्यक स्थानमा राहत पुर्‍याउनु रहेको बताए ।

यस अभियानमा पूर्व क्रिकेट कप्तान पारस खड्का, बिमान चालक विजय लामा, अभिनेत्री मनिषा कोइराला, फिल्मकर्मी निस्चल बस्नेत, पुर्व मिस नेपालहरुको समुह- प्रिती सिटौला राजबंशी, शृंखला खतिवडा, मलिना जोशी र हाल २०२० मिस नेपाल नम्रता श्रेष्ठ लगायत छन् ।

अभियानले गो फण्डकी लगायतका क्राउड फण्डिङ सञ्जालहरुबाट स्रोत संकलन गरेको थियो । गैर आवाशीय नेपालीहरुमार्फत विभिन्न देशमा नेपाललाई खोप दिन दवाव अभियान भइरहेको अभियन्ताहरुको भनाइ छ ।

एलायन्सले आगामी दिनमा समेत नेपालभरी राहत, उद्धार र जनचेतनाको कामलाई निरन्तरता दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment