Comments Add Comment

हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक, १७ अर्बभन्दा बढीको कारोबार

२३ जेठ, काठमाडौं । नेपाली सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै माथिल्लो बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २९०६.९१ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसूचक २९२०.९१ विन्दुमा पुगेर तल फर्किएको हो ।

आइतार बजार ५०.१४ अंकले बढेको छ । यो १.७६ प्रतिशत वृद्धि हो । आइतबार बैंकिङ परिसूचकले बजारलाई नेतृत्व गर्‍यो, यसको प्रभाव समग्र परिसूचकमा परेको हो ।

५० अंकले वृद्धि भएको दिन समेत कुल ६ वटा समूहको मूल्यमा भने गिरावट आएको छ । आज बैंक, विकास बैंक, वित्त, लघुवित्त, म्यूचअल फण्ड, लगानी र अन्य समूहको परिसूचक बढेको छ । तर, व्यापार, होटेल र पर्यटन, जलविद्युत, निर्जिवन बीमा, निर्माण तथा उत्पादन र जीवन बीमा समुहको परिसूचक भने घटेको छ ।

आइतबार कुल २१८ कम्पनीको १ लाख ७१ हजार ६० कारोबार भएको छ । कारोबार भएको सेयर संख्या ३ करोड ७४ लाख ५५ हजार १ सय ८९ रहेको छ । आइतबार कुल कारोबार रकम भने १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय २५ पुगेको छ ।

आज सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यसबाहेक गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिडि हाइड्रोपावर विकास कम्पनी, नेपाल बंगलादेश बैंकको कारोबार सर्किट लेवलमा भएको छ ।

राधी विद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यसबाहेक दिव्येश्वरी हाइड्रो, नारायणी विकास बैंक, आँखुखोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावरको मूल्य सर्वाधिक घट्नेमा रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment