Comments Add Comment

नाइजेरियामा अज्ञात समूहको आक्रमणमा परी ८८ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । नाइजेरियाको उत्तरपश्चिमी राज्य केब्बीमा अज्ञात समूहको आक्रमणमा परी ८८ जनाको मृत्यु भएको छ । आइतबार केब्बीका गर्भनरले सुरक्षाको लागि भन्दै थप सुरक्षाकर्मी माग गरेका छन् ।

बिहीबार भएको उक्त आक्रमणमा आक्रमणकारीहरुले आठवटा गाउँमा आक्रमण गरेका थिए । प्रहरीका अनुसार उक्त आक्रमणमा ८८ जनाको मृत्यु भएको थियो भने धेरै हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

केब्बीका गभर्नरका प्रवक्ता अबुबाकर बागुडुका अनुसार आक्रमणकारीहरु जम्फारा राज्य र छिमेकी मुलुक नाइजरबाट आएका थिए ।पछिल्लो केही समययता नाइजेरियामा विभिन्न समुदायबीचको अन्तरसंघर्ष निकै चर्किएको छ । जसको कारण हजारौं मानिसहरु नाइजेरियाको उत्तरी सीमाक्षेत्रतर्फ विस्थापित भएका छन् ।

नाइजेरियामा ठूलो संख्यामा अपहरण तथा नरसंहार हुँदै आएका छन् । गत डिसेम्बर यता नाइजेरियामा आठसयभन्दा धेरै विद्यार्थीहरुको अपहरण भइसकेको छ । नाइजेरियामा फैलिएको हिंसाको कारण मानवीय संकट पनि बढेको अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुले बताएका छन् ।

केब्बीका गभर्नरले आफ्नो राज्यका सबै समुदायहरुलाई वित्तीय सहयोग उपलब्ध गराउने भन्दै धैर्यधारण कायम गरी शान्तिपूर्वक बस्न आग्रह गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment