+
+
Shares

नाइजेरियामा श्रृंखलाबद्ध हमलामा २३ जनाको मृत्यु

विष्फोटहरू युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार र पोस्ट अफिसबाहिर भएको भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १५:४२

३ चैत, काठमाडौं । नाइजेरियामा भएका श्रृंखलाबद्ध भीषण हमलमा २३ जनाको मृत्यु भएको छ भने, एक सय भन्दा मानिस घाइते भएका छन् । मंगलबार उत्तर–पूर्वी नाइजेरियाको मैदगुरी सहरमा भएका श्रृंखलाबद्ध विष्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार ती विष्फोटहरू आत्मघाती हुनसक्ने भनिएको छ । यस्तै प्रहरी तीन वटा स्थानमा राखिएका बम भने निष्क्रिय पारेको छ ।

विष्फोटहरू युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार र पोस्ट अफिसबाहिर भएको भनिएको छ ।

यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ ।

बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेटले वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?