+
+
Shares

नाइजेरियाकाे ग्यास खानीमा विस्फोट : ३८ मजदुरको मृत्यु 

स्थानीय स्रोतलाई हवाला दिँदै समाचार एजेन्सी एएफपीले ३८ जना मजदुरको ज्यान गएको समाचार सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते २१:०८

६ फागुन, काठमाडौं । नाइजेरियाको पठार राज्यमा बुधबार भएको ग्यास विस्फोटमा परी कम्तीमा ३८ जना खानी मजदुरको मृत्यु भएको छ ।

स्थानीय स्रोतलाई हवाला दिँदै समाचार एजेन्सी एएफपीले ३८ जना मजदुरको ज्यान गएको समाचार सार्वजनिक गरेको छ । पठार राज्यको बसार जिल्लास्थित कम्पानिन जुराक खानी क्षेत्रमा भएको विस्फोटमा अन्य २७ जना घाइते भएको समाचार छ ।

‘खानीमा विस्फोट भएको सत्य हो,’ स्थानीय समुदायका एक नेता अल्हाजी अलियु अदामु इद्रिसले भने, ‘विस्फोटमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ र अन्य २७ जनालाई अस्पताल लगिएको छ ।’

स्थानीय समयअनुसार बिहान ७ : ३० देखि ८ को बीचमा विस्फोट भएको नजिकैको खानी मजदुर इब्राहिम दत्तिजो सानीले एएफपी समाचार समितिलाई बताए ।

सानीले टेलिफोनमा एएफपीसँग भने, ‘हामी घटनास्थल नजिकै बस्छौँ । मानिसहरू खानिको खाल्डोमा थिए र अचानक ग्यास विस्फोट भयो ।’

पश्चिम अफ्रिकी देश नाइजेरियाले विगतमा पनि यस्तै घातक खानी दुर्घटना देखेको छ । गत सेप्टेम्बरमा भारी वर्षाका कारण अवैध खानीमा ढुङ्गा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको थियो । –रासस/एएफपी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?